Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

टिनएजर युवतीहरुमा केन्दि«त रहने गरी मिस टिनएजर नेपाल २०२१ नामक सौन्दर्य प्रतियोगिताको तयारी आरम्भ भएको छ । टिनएज उमेरका युवतीहरुको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि, व्यक्तित्व विकासमा सहयोग पु¥याउने उद्देश्य अनुरुप अगाडि बढाइएको प्रतियोगिता एमी इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा एमी रौनियार र एनी रौनियारको आयोजनामा संचालन हुन लागेको हो । यस अघि एमी इन्टरटेन्मेन्टको ब्यानरमा मिष्टर एण्ड मिस रौनियारको दुई वटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
मिस टिनएजर नेपाललाई कहलिएको इभेन्ट म्यानेज्मेन्ट कम्पनी युहान इन्टरनेसनलले एमी इन्टरटेन्मेन्टलाई फ्रेन्चाइज प्रदान गरेको हो । युहान इन्टरनेसनल आफ्नो ब्यानरमा आयोजना गरेको मोडल क्वेस्ट इन्टरनेसनलबाट निरिशा बस्नेत तथा मिस प्लस टू नेपाल प्रतियोगिताबाट आँचल शर्मा जस्ता अहिले कहलिएका नामहरु उत्पादन गरेको हो । मिस टिनएजर नेपालको अडिसन प्रक्रिया वैशाख महिनाको पहिलो साता संचालन गरिने आयोजक पक्षले जनाएको छ । प्रतियोगिताको कोरियोग्राफी फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय