Tuesday 19 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

काठमाडौं – हिलिङ जाजरकोटलाई निरन्तरता दिन, स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड विद्यालयले आगामी मंसिर २४ गते (आईतबार ) का दिन देशका १० अग्रणी भिजुअल आर्टिस्टलाई विद्यालय परिसरमा चित्रकला गर्न आमन्त्रित गरेको छ ।

कलाकारहरूबाट सृजित चित्रकलाहरु पुस ७ गतेदेखि जीजी मचन रेस्टुरेन्ट, ललितपुरमा प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा बिक्रीबाट उठेको रकम जाजरकोट भूकम्प पीडितहरुको सहयोगार्थ प्रयोग गरिनेछ ।

गत साता मात्रै जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि स्वस्तिश्री गुरुकुल आई. बि.वर्ल्ड विद्यालयले विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय स्टाफ सबैको स्वेच्छिक सहयोग र योगदानबाट पहिलो चरणको सहयोग स्वरुप कपडा, स्टेस्नरी सामग्री र खाद्यान्न प्रभावित क्षेत्रमै पुगि पीडितहरुलाई वितरण गरिसकेको छ ।

सहयोगलाई आगामी दिनहरुमा निरन्तरता दिने कुरा विद्यालयकी प्रवन्ध निर्देशक मिना महर्जनले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय