नेवार समुदायको साँस्कृतिक परिवेश, त्यसको गरिमा, महत्व र आवश्यकतालाई औल्याउनुका साथै नेवार समुदायका विवाहित महिलाहरुको सबलिकरणमा केन्दि«त साँस्कृतिक सौन्दर्य प्रतियोगिता मिसेस् नेवाः वर्ल्डको पहिलो संस्करण सम्पन्न भएको छ । राष्ट्रिय नाचघरको डबली प्रस्तुत गरिएको सो प्रतियोगितामा नेपाः डान्स एकेडेमीमा नृत्य प्रशिक्षिका समेत रहेकी सुमिना महर्जनले मिसेस् नेवाः वर्ल्ड ११४४ को ताज पहिरिन सफल भएकी छिन् । उनले वेष्ट स्कीनको अवार्ड पनि प्राप्त गरिन् । प्रतियोगितामा सविना महर्जनले फस्ट रनर अप तथा वेष्ट हेयरको उपाधि जितिन् भने गृष्मा रंजीतकारले सेकेन्ड रनर अप तथा वेष्ट डे«सको उपाधि जित्न सफल भइन् ।

स्काई ग्रुप अफ कम्पनीज्का अध्यक्ष राजन कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रम पूर्व एस एस पी रहिसकेका काराओके इन्टरटेन्मेन्टका प्रमुख सल्लाहकार दिपक रन्जितको सभापतित्वमा सम्पन्न भएको थियो । काराओके इन्टरमेन्ट्का लागि खगेज रंजीतकार आयोजक रहेको सो प्रतियोगिता कोरियोग्राफी पूर्व कुमारी समेत रहेका फेसन कोरियोग्राफर समित बज्राचार्यले गरेकी थिइन् । कार्यक्रमको निर्णायकमा मिस नेसनल समित बज्राचार्य, मेकअप आर्टिष्ट गृष्मा शाक्य, फेसन डिजाइनर सवि स्थापित तथा संचारकर्मी एवं गायक सुरजवीर बज्राचार्य रहेका थिए ।


