Monday 27 July 2026 / सोमबार, ११ श्रावण २०८३

काठमाडौं, आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको मूल्य एक लाख १७ हजार ५०० रुपैयाँ, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ९५० र चाँदीको मूल्य प्रतितोला एक हजार ४२५ रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार एक लाख १८ हजार ८०० रुपैयाँमा छापावाल सुन, एक लाख १८ हजार २५० मा तेजाबी सुनको कारोबार भएको थियो । यस्तै शुक्रबार एक हजार ४६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय