Monday 25 May 2026 / मंगलवार, १२ जेष्ठ २०८३

माघको १९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नम्बरी सुन’को रोमान्टिक गीत ‘तिमी बर म पिपल’ सार्वजनिक गरिएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू गौरव पहारी र नम्रता सापकोटालाई रोमान्टिक अवतारमा देखाइएको छ ।
फिल्ममा गौरव र नम्रताका अलवा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता बस्नेत र राजेन्द्र गिरीको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय