रेजिना तुलाधर ÷ यसनेपाली
काठमाडौँ, अन्तराष्ट्रिय स्तरको पाठ्यक्रममा विमान परिचारिका सम्बन्धी आधारभूत तालिम संचालन गदै आएको नेपाल एयरहोस्टेस एकेडेमीले आफ्नो पछिल्लो दिक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौको कमलादी स्थित नेपाल एयर होस्टेस एकेडेमी बिगत १३ बर्ष देखी संचालनमा रहेको छ ।
एयर होस्टेस प्रशिक्षण दिने संस्थाहरुमा आफनो विशेष पहिचान दिदै, स्थापना कालको छोटो समयमै उत्कृष्ट परिणाम दिन सफल यो एकेडेमीमा प्रशिक्षण सम्पन्न गरेका ५९ जना प्रशिक्षार्थीहरुको दिक्षान्त समारोह समपन्न भएको हो । यहि पौष ७ गते शनिबार क्याबिन क्रु प्रशिक्षणको ६ महिने तालिम सफलतापर्वक सम्पन्न गरेको ५७ युवती र दुई युवा गरी ५९ जना भक्तपुर,नगरकोट स्थित ताथली ईको भिलेज रिसोटमा दिक्षान्त कार्यक्रम सफलतार्पूवक सम्पन्न गरिएको हो ।













