Sunday 30 August 2026 / आईतवार, १४ भाद्र २०८३

काठमाडौँ,
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘समृद्ध नेपाल सुुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न वर्तमान सरकार क्रियाशील भएर काम गरिरहेको बताउनुभएको छ ।

दोलखाको खरिढुङ्गा खेल मैदानमा आयोजित ‘दोलखा जिल्ला नकआउट फुटबल प्रतियोगिता’ को आज समापन समारोहमा उहाँले भन्नुभयो, “मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार दृढतापूर्वक लागि परेको छ ।”

मन्त्री गुरुङले खेलकूद क्षेत्रको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै दोखलाको खरिढुङ्गा खेलकूद मैदानलाई राष्ट्रियस्तरको खेल मैदानका रुपमा विकास गर्न आफूूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले त्यसका लागि डिपीआर तयार भएमा आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गर्न सक्ने उल्लेख गर्दै दोलखाको खरिढुङ्गा र डाँडडुङे डाँडा पर्यटकीय दृष्टिकोणले पनि आकर्षक गन्तव्य रहेको बताउनुभयो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले २६ सय मिटर उचाईमा रहेको खरिढुङ्गामा राष्ट्रियस्तरको खेलकूद मैदान बनाउन उपयुक्त हुने सुुझाव दिनुुभयो । दोलखा फुटबल सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा विगु गाउँपालिकास्थित तीनपोखरी युवा क्लब विजयी भएको छ ।

सो अवसरमा मन्त्री गुरुङले विजयी क्लबलाई नगद रु २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसैगरी उहाँले उपविजेता राजहिटी क्लब दोलखालाई नगद रु १० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्रप्रदान गर्नुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय