Saturday 13 June 2026 / आईतवार, ३१ जेष्ठ २०८३

फेसन तथा इन्टेरियर डिजाइनिङ सम्बन्धीत पढाईको अध्यापन गराउँदै आएको आईआईएफटी ग्लोबलले आफ्ना फेसन डिजाइनिङ सम्बन्धीत विद्यार्थीहरुको सृजनात्मक अभिव्यक्तिलाई ड्रेस टु इम्प्रेस नामक फेसन कार्यक्रम मार्फत् प्रस्तुत गरेको छ । सय भन्दा बढी फेसन डिजाइनिङ विधाका विद्यार्थीहरुको सहभागितामा संचालन भएको सो कार्यक्रममा चार वटा थिम अन्तर्गत कार्यक्रमलाई प्रस्तुत गरिएको थियो । हरेका थिमबाट एक एक जना विजेताको निक्र्यौल गरिएको थियो । लुक आई क्यान फ्लाई थिम अन्तर्गत माया गुरुङको सृजनाले विजेताको अवार्ड चुम्यो भने टक्स एण्ड टायरा थिम अन्तर्गत फर्जाना खातुनले विजेताको अवार्ड थापिन् । एक्सकुजित क्रप्स तर्फ प्रिया घिमिरे तथा मेटालिक एण्ड एथ्लेजर थिम अन्तर्गत एन्जोली महर्जन प्रस्तुति विजेताको रुपमा पुरस्कृत गरिएको थियो । सबै विजेताहरुले नगद पुरस्कार तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए ।
कार्यक्रममा फेसन डिजाइनरहरु राजेश धाख्वा, महेश महर्जन, निभा श्रेष्ठ, रमिला नेमकुल, पम्फा श्रीश, उषा खड्गी तथा अंकित मइति निर्णायकका रुपमा रहेका थिए । उक्त कार्यक्रममा प्रतिनिधिसभाका सदस्य आरजु देउवा राणाको प्रमुख आतिथ्यता रहेको थियो । सोही कार्यक्रममा आईआईएफटीबाट फेसन डिजाइनिङ सिकाई सम्पन्न गरेका १२८ जना विद्यार्थीको ग्राजुएसन सेरोमनी पनि सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय