Saturday 13 June 2026 / आईतवार, ३१ जेष्ठ २०८३

आफ्ना पन्ध्र प्रतिस्पर्धीहरु भन्दा आफूलाई अब्बल प्रमाणित गर्दै प्रान्तिका अधिकारीले एनप्लस प्रोफेसनल मिस ग्लोरियस नेपाल २०२४ को ताज पहिरिन सफल भएकी छिन् । राजधानी शहरको जमल स्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न फाइनल प्रतिस्पर्धामा विजेता बने संगै प्रान्तिकाले विभिन्न गिफ्ट ह्याम्परका साथमा नगद पुरस्कार रु पच्चीस हजार जित्न पनि सफल भइन् । प्रतियोगितामा स्मृति श्रेष्ठ फस्ट रनर अप तथा सन्ध्या श्रेष्ठ सेकेन्ड रनर अप चयन भएका थिए । प्रतियोगितालाई एभरेष्ट इभेन्ट्सको ब्यानरमा कृष्ण श्रेष्ठ रोबेनले आयोजना गरेको थियो ।

प्रतियोगितामा सिमोन यादव ब्रान्ड एम्बेसडर छनौट भएकी थिइन् भने अलिशा बस्नेतले अर्गनाइजर च्वाइस, सन्जिता परियारले ब्युटी विथ ब्रेन, आयुशा पोखरेलले मोस्ट पपुलर तथा एन्जेल श्रेष्ठले भ्युअर च्वाइस विधाको अवार्ड जित्न सफल भएका थिए । प्रतियोगिताको कोरियोग्राफी आर्शु महर्जन र सुगन्धा अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय