Friday 19 June 2026 / शुक्रबार, ५ असार २०८३

गोरखा, विश्वमा कोभिड(१९ को नयाँ भेरिएन्ट जेएन १ फैलिएका बेला गोरखामा पनि एक जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

शहिद लखन गाउँपालिका(७ बुंकोटका ४० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ । तर उक्त भाइरस नयाँ भेरिएन्ट हो वा होइन भन्ने बारे भने एकीन नभएको अस्पतालकी सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् ।

‘ज्वँरो र रुघाखोकी लागेर सोमवार अस्पतालमा उपचार गराउन आउनुभएको थियो,’ उनले भनिन्, ‘उहाँमा देखिएको लक्षणहरु कोरोनासँग मिल्दोजुल्दो देखिएकाले हामीले एन्टिजेन परिक्षण गर्‍यौ, रिपोर्ट पोजिटिभ देखियो ।’

उनलाई होम आइसोलेसनमा बस्न भनिएको र स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा समेत खवर गरिएको श्रेष्ठले जानकारी दिइन् ।

‘ट्राभल हिस्ट्री’ भरतपुर देखिएकाले उतै संक्रमण भएको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय