Thursday 6 February 2025 / बिहीबार, २४ माघ २०८१

काठमाडौं, नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले एक चिकित्सक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका(२ का ४० वर्षीय समृद्ध भट्टाचार्य रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार बसुन्धराबाट पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनले नेपाल मेडिकल काउन्सिलको नक्कली सर्टिफिकेट देखाएर बिरामी जाँच गर्ने गरेका थिए।

यस्तै, उनले विदेश जानेहरूको मेडिकल रिपोर्ट बनाउने गरेका थिए। रेग्मीका अनुसार उनी धौलागिरी पोलिक्लिनिक बसुन्धरा र वी केयर नक्सालमा काम गर्ने गरेका थिए। ‘बसुन्धरास्थित पोलिक्लिनिकमा काम गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो’ रेग्मीले भने।

उनले आफूलाई त्रिवि शिक्षण अस्पतालको चिकित्सक समेत बनाउँदै आएका थिए। ‘चीनमा एमबिबिएस अध्ययन गरेको भन्दै ढाँटेर काम गर्ने गरेको पाइएको छ,’ रेग्मीले भने।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय