
काठमाडौँ महानगरपालिकाले आजबाट न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङमा रोक लगाएको छ ।
महानगरपालिकाका प्रहरी प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको जानकारी दिए ।
महानगरले सडकको विकल्पमा काठमाडौँ भ्यु टावर ९साविकको पुरानो बसपार्क०मा निःशुल्क पार्किङ गर्न पाउने व्यवस्था मिलाएको छ ।
महानगरले सवारी पार्किङ निषेध गरेको क्षेत्रमा सरसफाइ अभियान चलाउने जनाएको छ ।
यसैबीच, महानगरपालिकाले पार्किङ निषेध गरेपछि व्यवसायीले भने विरोध गरेका छन्। पार्किङ नभएपछि ग्राहक नआउने भन्दै उनीहरूले सटर बन्द गरेर महानगरपालिकाको निर्णयको विरोध गरेका हुन् ।
न्युरोड क्षेत्रमा आज पार्किङ गरिएका सवारी साधन महानगर प्रहरीको टोलीले हटाएको थियो ।