Tuesday 3 December 2024 / मंगलवार, १८ मंसिर २०८१

काठमाडौँ, मुलुकमा उत्पादित अलैँचीको निर्यातमा वृद्धि भएको छ । अधिकांश वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा भने वृद्धि भएको हो । छ महिनामा समग्र निर्यातमा सात प्रतिशतले कमी आएका बेला अलैँची निर्यात भने बढेको हो । चालु आर्थिक वर्षको छ महिनामा करिब चार अर्ब रुपियाँ बराबरको निर्यात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुससम्म तीन अर्ब ९० करोड ७६ लाख ७९ हजार रुपियाँ बराबरको २८ लाख ६६ हजार ७६० केजी अलैँची निर्यात भएको छ । गत वर्ष सो अवधिमा तीन अर्ब ७४ करोड १६ लाख रुपियाँ बराबरको ११ लाख ६८ हजार ३०६ केजी अलैँची निर्यात भएको थियो । गत वर्षको तुलनामा चालु आवमा १६ करोड रुपियाँ बराबरको अलैँची निर्यात बढेको छ । नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमा अलैँची रहेको छ । स्वदेशमा उत्पादन हुने अलैँची उच्च गुणस्तरको हुने हुँदा अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च हुने गर्छ ।

छिमेकी मुलुक भारतमा अलैँची निर्यात हुने गरेको छ । यो वर्ष अलैँचीको मूल्यसमेत बढेको छ । व्यवसायीका अनुसार पूर्वी जिल्लामा उत्पादन हुने अलैँची प्रतिमन ९४० किलोग्राम० ७० देखि ८० हजार रुपियाँमा कारोबार भएको छ । गत वर्ष अलैँची प्रतिमन २६ देखि अधिकतम ३५ हजार रुपियाँसम्ममा कारोबार भएको थियो । यस वर्ष अलैँचीको मूल्य दोब्बरले वृद्धि हुँदा किसान उत्साहित भएका छन् ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय