Thursday 6 February 2025 / बिहीबार, २४ माघ २०८१

बझाङ, जिपको ठक्करबाट गम्भीर घाईते भएकी एक महिलाको मृत्यू भएको छ । केदारस्युँ गाउँपालिका( ४ बागथलाकी( ६४ वर्षिया महेश्वरीदेवी मल्लको मृत्यु भएको हो । उनलाई बुधबार बिहान ९ बजे सडक नजिक धारामा पानी भर्न जाँदा जिपले ठक्कर दिएको थियो ।

जिपले ठक्कर दिदा मल्लको टाउको र छातीमा चोट लागेको थियो । घाईते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचार पश्चात थप उपचारको लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु जनाएको हो। चालक बित्थडचिर गाउँपालिका(६ का २४ वर्षिय विशालसिंह स्याडालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको जनाएको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय