Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

काठमाडौं, बसुन्धरा स्थित साउथवेस्टन स्टेट कलेजले माघ १८ र १९ गते दुुई दिने विज्ञान प्रदर्शनिको आयोजना गर्न लागिएको कुरा कलेजका कार्यक्रम संयोजक राजेन्द्रप्रसाद लामिछानेले बताउनु भयो । विगत बाह्र बर्षदेखि विद्यालय तह र कलेज स्तरका विद्यार्थीहरुको सहभागितामा आयोजना गर्ने गरिएको उक्त विज्ञान प्रदर्शनि काठमाडौंका कलेज साथै विद्यालयहरुमा निकै लोकप्रिय रहेको लामिछाने बताउँनुहुन्छ । प्रदर्शनीमा पचाँसवटा भन्दा बढी विद्यालय, कलेज, अमेरिकन राजदुतावास साथै शैक्षिक परामर्शदाता संस्थाहरुको सहभागिता रहने छन् ।

प्रदर्शनीमा बीस हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । धेरै अवलोकनकर्ताहरुले अवलोकन गर्ने भएकोले पनि प्रदर्शनिमा आफ्नो कलेज, विद्यालयको स्टल राख्न धेरै विद्यालय र कलेजहरुको नाम आएकोले व्यवस्थापन गर्न अप्ठ्यारो परेको आयोजक साउथवेस्टन कलेजकोे भनाइ छ ।

विद्यार्थीहरुले कितावमा पढेका विषयलाई यस किसिमको प्रदर्शनिले बुुझ्न सजिलो बनाउने छ भने कक्षा कोठामा सिकेका कुरालाई व्यवहारिक प्लेटफर्म उपलब्ध गराउने उद्धेश्यले प्रदर्शनीको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । देशमा उर्जाशिल युवा वैज्ञानिक उत्पादन गर्न साउथवेस्टन स्टेट कलेजमा आयोजना गरिएका यस प्रकारका विज्ञान प्रदर्शनिले सहयोग गरेको रुसमा भएको यङ साइन्टिसहरुको प्रदर्शनिमा नेपालको तर्फबाट स्वर्ण पदक साउथवेस्टन स्टेट कलेजका विद्यार्थी स्वराज सागर प्रधानले प्राप्त गर्नुबाट पनि यो कुरा प्रमाणित भएको लिन सकिन्छ ।

तस्बिर: दिवाकर सेन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय