Saturday 13 July 2024 / शनिबार, ३० असार २०८१

काठमाडौं, तारकेश्वरमा आगलागीबाट १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

तारकेश्वर नगरपालिका(९ फुटुङ डाँडागाउँस्थित भारत मोतिहारी घर भएका ३७ वर्षीय सलिन मियाको सिरक डस्ना र माछा पसलमा शनिबार दिउँसो आगलागी हुँदा नगद, सुनचाँदीका गरगहना, सिरक बनाउने मेसिन, कपास, तयारी सिरक, डसना गरी करिब १२ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको हो ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय