Saturday 26 September 2026 / शनिबार, १० आश्विन २०८३

काठमाडौं, १८ माघ । बैकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पा पूर्वखोला गाउँपालिका २ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्ती डेरा गरी बस्ने वर्ष ४० को रेवत बहादुर राना रहेका छन्।

बैकिङ कसुर मुद्दाहरुमा २४ दिन कैद सजाय, ७५ लाख जरीवाना र ७५ लाख जाहेरवालाहरुलाई बिगो भराई क्षतिपूर्ति बापत पीडित राहतकोषमा ३,००,००० जम्मा गराउने ठहर भई २०७७ मंसिर २१ गते उच्च अदातल पाटन, ललितपुरबाट फैसला भई फरार रहेका उनलाई यस कार्यालयबाट खटिगएको प्रहरी टोलीले मिति २०८० माघ १८ गते गोकर्णेश्वर नगरपालिका-५ नयाँवस्तीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय