Saturday 13 June 2026 / आईतवार, ३१ जेष्ठ २०८३

निर्देशक संगीता श्रेष्ठले महिला सशक्तीकरणको विषयलाई समेटेर ‘चल्ने हावालाई’ नामक म्युजिकल फिल्म सार्वजनिक गरेकी छिन् । शनिबार साँझ ललितपुर स्थित युनाइटेड एकेडेमीमा आयोजित कार्यक्रमका उप–सभामुख इन्दिरा रानाको प्रमुख आथित्यतामा बाह्र मिनेट लामो म्युजिकल फिल्म सार्वजनिक गरिएको हो ।

निर्देशक श्रेष्ठले ‘चल्ने हावालाई’ मार्फत छोरीहरूलाई छोराझैँ समान रुपमा हेर्न र बुझ्न आग्रह गरिएको बताइन् ।

उक्त कार्यक्रममा म्युजिकल फिल्ममा देखिएकी बाल कलाकार तथा निर्देशक श्रेष्ठकी छोरी संवृद्धि श्रेष्ठले लाइभ गाएकी थिइन् । गीतको भिडियोमा कलाकारहरू सञ्चिता लुइँटेल, बेनिशा हमाल, गजित विष्ट, सोनिका बास्तोला, थमन सिंह पुर्जा, क्रिस केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

सरु पराजुलीको स्वर तथा शिव चम्लागाईको शब्द र सङ्गीत रहेको गीतमा नायिका हमालले पाइलट बन्ने सपना पुरा गर्न गरेको सङ्घर्षलाई देखाइएको छ । उनको पात्र मार्फत समाजले महिलालाई हेर्ने दृष्टिकोण, छोरीलाई अवसरबाट बन्चित गराउने कारण, लैङ्गिक विभेद जस्ता पक्षलाई देखाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय