Tuesday 26 May 2026 / मंगलवार, १२ जेष्ठ २०८३

काठमाडाैं, ‘तिमीसामु आएर‘ बाेलकाे गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुनिल दवाडी र गायिका ममता गुरुङको स्वर छ । डीपी खनालको शब्द, मित्र केसीको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन विशाल निरौलाले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ । केशवराज भट्टको निर्देशन, उत्सव दाहालको छायाङ्कन, राकेश दाहालको सम्पादनमा भिडियो तयार गरिएको छ ।

भिडियोमा प्रभातपाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको छ । प्रेम र समपर्णलाई आमदर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको गायक सुनिल दवाडीले बताए ।‘.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय