Tuesday 25 August 2026 / मंगलवार, ९ भाद्र २०८३

भ्यालेन्टाइन डेको छेको पारेर फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को पहिलो गीत ‘मायामा तिम्रै मायामा’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, योगीकै संगीत, सविन एकतारेको शब्द छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल, मलिका महत र रवीन्द्र झा लगायतलाई फिचरिङ गरिएको छ । गीतमा सौगात र मलिकाको प्रेम देखाइएको छ । यो गीतले प्रेमको आभास दिने पक्का छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतको अभिनय छ ।

यो फिल्मको फस्टलुक सार्वजनिक भएपछि यसको चर्चा निकै बढेको छ । यस्तै, फिल्मको टिजर सार्वजनिक भएपछि यसको हाइप उच्च छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेलको लगानी छ ।

यस्तै, फिल्ममा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा संजय लामाको छायांकन, मनोज श्रेष्ठको भीएफएकस, कविराज गहतराजको कोरियोग्राफी, सुप्रिम पराजुलीको कलर छ ।

यो फिल्म फागुन १८ गते नेपालसँगै अमेरिका र बेलायतमा पनि रिलिज हुनेछ । अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, जापान, कोरिया, हङकङ र थाइल्याण्डमा १ सय ५० शो, अष्ट्रेलीया र न्युजिल्यान्डमा पाँच सय शो र मध्य पूर्वका देशहरूमा ७ सय ५० शोज उपलब्ध हुने निर्माताको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय