Saturday 11 July 2026 / आईतवार, २८ असार २०८३

काभ्रेपलाञ्चोक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले मुलुकको मौलिकता मास्ने साम्राज्यवाद अमान्य भएको बताउनुभएको छ । सांसद बाँस्कोटाले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको पाँचौँ जिल्लासभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा राउटे समुदायलाई जबर्जस्त इसाइकरण गरेर मुलुकको मौलिकता मास्ने प्रयास भइरहेको बताउनुभयो । “सांस्कृतिक मौलिकता मास्ने राम्राज्यवाद कुनै पनि हालतमा मानिदैन, धर्म र दल परिवर्तन नागरिकको स्वतन्त्रता हो”, उहाँले थप्नुभयो ।

उहाँले भन्नुभयो, “ठाउँठाउँमा पार्टी बनाएर हिँड्नेलाई मेरो पनि शुभकामना छ, कमसेकम नाम र चिह्न भएको पार्टी बनाउनु । नेपालमा दुई पार्टी छन्, एमाले र काङ्ग्रेस, यिनै दुई पार्टीहरु चित्त बुझेनी–नबुझेनी, राम्रो भएनी–नभएनी, आलोचना भए करेक्सन हुँदै ढल्दै, धुलो टकटक्याउँदै यिनीहरु नै अगाडि बढ्छन् ।” ।

कार्यक्रममा पनौती नगरप्रमुख भीम न्यौपाने, बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, एमालेका जिल्ला नेता इन्द्रबहादुर तामाङ, माओवादी केन्द्रका नेता विष्णु मिजारलगायतले जिल्लासभा सफलताको शभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा जिसस प्रमुख उद्धव केसीले विसं २०७५ मा शुरु भएको नवनिर्मित भवन रु एक करोड ४८ लाख १७ हजारमा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय