Saturday 13 June 2026 / शनिबार, ३० जेष्ठ २०८३

काठमाडौँ, फागुन २५ गते रिलिज हुने नेपाली फिल्म ‘रङ्गेली’को दोस्रो गीत रिलिज गरिएको छ । विवाह गीतको रूपमा तयार पारिएको ‘दुल्हा दुल्हन’मा निशान भट्टराईको स्वर छ । सुशान्त गौतमको संगीत रहेको गीतका शब्द सविन एकतारेले लेखेका हुन् ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको विवाह समारोहमा भएको साङ्गीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ । बराल ‘कमेडी’ शैलीमा भिडियोमा प्रस्तुत छन् । यसको भिडियोको ‘सेटअप’ पनि पृथक शैलीमा गरिएको छ ।

बराल ‘कमेडी’ शैलीमा भिडियोमा प्रस्तुत छन् । यसको भिडियोको ‘सेटअप’ पनि पृथक शैलीमा गरिएको छ । ‘रङ्गेली’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । सुवेदी नै यसका लेखक हुन् । फिल्ममा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय