काठमाडौँ, अभिनेत्री केकी अधिकारीद्वारा निर्मित ुबोक्सीको घरु वैशाख १४ देखि प्रदर्शनमा आउने भएको छ । हालै निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । फिल्ममानेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणा प्रस्तुत गरिएको छ । रंगकर्मी सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा सुपला सापकोटा, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।
लोचन रिजालको पार्श्व संगीत रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । लोकेश बज्राचार्यले सम्पादन रहेको फिल्मलाई टिफल्क फिल्मसले वितरण गर्नेछ ।
केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना छ ।


