Saturday 13 June 2026 / शनिबार, ३० जेष्ठ २०८३

फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को बिष्फोटक ट्रेलर रिलिज भएको छ ।
सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलर मेकिङ उत्कृष्ट छ । बक्स अफिसमा दर्शकलाई तान्न सक्ने पावर ट्रेलरमा देखिएको छ ।
यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रको मुख्य भूमिका छ ।

प्रकाश मल्ल, अनिष तामाङ, अभिषेक चौधरीको लगानी रहेको फिल्ममा संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ ।

फिल्ममा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माताको रुपमा छन् । फिल्मको छायांकन नेपाल र भारतमा गरिएको हो । सौरभ शर्मा र भास्कर स्वाँरको व्याकग्राउन्ड स्कोर उत्कृष्ट छ ।

यो फिल्मको ट्रेलरमा सौगात मल्लको दुई वटा गेटअप देखाइएको छ । ट्रेलरमा फिल्मको कथा खासै खुलाइएको छैन । सौगात र नाजिरको मित्रता, त्यसपछि आउने घटनाक्रम र भारतमा पुगेपछि सौगातको फेरिएको रुपले दर्शकको उत्सुकता बढाएको छ ।

बक्स अफिसमा यो फिल्म सफल भएको खण्डमा नेपाली फिल्म क्षेत्रलाई यो फिल्मले नयाँ कथामा लैजाने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय