Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औं ब्याचका ७९ जना विद्यार्थी डिजाइनरहरु आउँदो सोमबार चैत्र ३० गते आफ्नो सृजनशीलता र परिकल्पनालाई प्रस्तुत गर्नका लागि अन्तिम तयारीमा जुटेका छन् । ‘अस्तित्व’ शीर्षक अन्तर्गत आठ वटा विभिन्न सिक्वेन्स मार्फत् नारी व्यक्तित्वका विविध पक्षलाई पहिरनका विभिन्न स्वरुप, डिजाइन र शैलीमा प्रदर्शन गरिने उक्त ग्राजुएसन फेसन शोलाई काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा संचालन गरिन लागिएको हो ।
फेसन डिजाइनको स्नातक तहको पढाई अन्तर्गत फेसन शो विषयको प्राक्टिकल परिक्षाको रुपमा हेरिएको सो फेसन शोमा कलेजमै अध्ययनरत जुनियर विद्यार्थी तथा व्यवसायिक मोडलहरु गरी २० जना युवती मोडलहरुले कोरियोग्राफर रोजिन शाक्यको निर्देशन अनुरुप ७९ वटा फरक फरक डिजाइनका आकर्षक एवं सुन्दर पहिरनहरु प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय