Friday 25 September 2026 / शुक्रबार, ९ आश्विन २०८३

काठमाडौं। गैरआवासीय नेपाली संघ ९एनआरएन०को लगानीमा चितवनको जुगेडीमा ओम मेगाश्री फर्मास्युटिकल्स औषधी उद्योग सञ्चालनमा आएको छ। सवा १ अर्ब रुपैयाँ लगानीमा सुरु गरिएको उद्योगको काठमाडौंमा सोमबार कार्यक्रममार्फत औपचारिक शुभारम्भ गरिएको हो।

प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले फर्मास्युटिकल्सको उद्घाटन गरे। नेपालमा युरोपियन मापदण्डका औषधी उत्पादन गर्ने उद्देश्यले ओम मेगाश्री फर्मास्युटिकल्स सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए।

अध्यक्ष श्रेष्ठले गुणस्तरीय औषधीमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्ने उद्देश्य पनि रहेको बताए। औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको भन्दै ओम मेगाश्री फर्मास्युटिकल्सलाई शुभकामना दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय