१६औंको संस्करणको मिस तामाङ २०२४ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । मम्स इन्टरनेसनल नेपालको आयोजनामा प्रदशर्नी मार्गस्थित राष्ट्रिय सभा गृहको प्रेक्षालयमा संचालन भएको ग्राण्ड फिनाले रिया लामाले अकरण मिस तामाङ २०२४ को ताज पहिरिन सफल भइन् । विजेताको रुपमा नगद पुरस्कार रु एक लाख पनि हात पारेकी रियाले प्रतियोगितामा मिस ट्यालेन्टको अवार्ड पनि जित्न सफल भइन् । प्रतियोगितामा स्मृति योञ्जन तामाङले नगद पुरस्कार रु पचास हजार सहित फस्ट रनर अप, नगद पुरस्कार रु तीस हजार सहित अमृता लामा तामाङले सेकेन्ड रनर अप तथा नगद पुरस्कार रु दश हजार सहित पेम्बा डोल्मा तामाङले थर्ड रनर अपको ताज पहिरिन सफल भए । अमृताले मिस पर्सनालिटी र पेम्बाले मल्टिमिडियाको अवार्ड पनि जित्न सफल भएका थिए । 
तामाङ समुदायको मौलिक कला संस्कृति र जातियतामा केन्दि«त सो प्रतियोगितामा २५ जना तामाङ युवतीहरुको सहभागिता रहेको थियो । फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगितामा सृजना स्याङतान फोटोजेनिक, मिर्मा तामाङ वेष्ट ड्रेस, शुभेच्छा लामा पपुलर, अश्मी स्याङतान तामाङ ब्युटीफुल हेयर, सविना मोक्तान ग्रेस, ज्योति तामाङ वाक, सरिता तामाङ डिसिप्लीन, लोरियन योञ्जन फ्रेन्डशीप तथा याङसाल लामाले स्माइल विधाको अवार्ड जित्न सफल भएका थिए ।


