राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको मिस टुरिजम नेपाल २०२४ को फाइनल प्रतिस्पर्धामा रविना बराइलीले मिस टुरिजम नेपालको ताज पहिरन सफल भएकी छिन् । प्रतियोगितामा नरिना थापा मगरले मिस टुरिजम हेरिटेज, निकिता गौतमले मिस टुरिजम ब्युटी अफ द इयर तथा सोनु वर्देवाले मिस टुरिजम मेट्रोपोलिटनको उपाधि जितेका छन् । चारैजना विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
आरके इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न सो प्रतियोगिताको कोरियोग्राफी एवं संचालन फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका हुन् । प्रतियोगितामा रिया सेन्चुरी फोटोजेनिक र मिस टुरिजम कोशी, निशा बुढाथोकीले मिस टुरिजम लुम्बिनी, स्मृति थापाले मिस टुरिजम सुदुरपश्चिम, दिपिका न्यौपानेले मिस टुरिजम बागमती, कल्पना महतोले वेष्ट वाक र मिस टुरिजम मधेश, प्रियंशा राई मिस टुरिजम पपुलर डिस्ट्रिक्ट, नरिना थापा मगरले मल्टिमिडिया, सोनु वर्देवाले मिस इन्टिलेक्चुयल तथा रविना बराइलीले मिस ट्यालेन्टको अवार्ड जितेका थिए । प्रतियोगिताका सहभागिहरुले सेन्ट्रल फेसन हबका विद्यार्थी फेसन डिजाइनरहरु तथा फेसन डिजाइनर धर्मेन्द« प्रसाद शाहले तयार पारेका आकर्षक डिजाइनर वेयरमा आफूलाई प्रस्तुत गरेका थिए ।


