काठमाडौँ, आयोजक स्वस्तिश्री गुरुकुल ‘ए’ तेस्रो एसजी अन्तरविद्यालय ब्वाइज फुटसल प्रतियोगिताको यू–१४ उमेरसमूहमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।स्वस्तिश्रीले काठमाडौं विद्याकुञ्जलाई ४–१ गोलले पराजित गर्यो । रिब्सले न्यु एरालाई १–०, ग्यालेक्सीले स्वस्तिश्री ‘बी’ लाई १–० र एक्सेल्सियरले सेक्रेड हार्टलाई टाइब्रेकरमा ३–२ ले हराएर सेमिफाइनल सुरक्षित गरे । सेमिफाइनलमा एक्सेल्सियरले स्वस्तिश्री ‘ए’ र ग्यालेक्सीले रिब्सको सामना गर्नेछन् ।
यू–१६ मा सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनल स्वस्तिश्री र निःसर्ग बाटिका तथा पाठशाला र पारामाउन्टबीच प्रतिस्पर्धा हुनेछ ।
यू–१२ मा ब्राइट फ्युचर, सेक्रेड हार्ट, ब्रम्हकुञ्ज, स्वस्तिश्री ‘ए’ र ‘सी’, नाम्स र रिब्सले क्वाटरफाइनल यात्रा तय गरे । निःसर्ग शाटिका र युरोबीच हुने खेलले क्वाटरफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लगाउने छ ।


