काठमाडौँ — आयोजक स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलको दुई टोली तेस्रो एसजी अन्तरविद्यालय ब्वाइज फुटसल प्रतियोगितामा बिहीबार फाइनल पुगेको छ । यू–१६ र यू–१४ उमेर समूहतर्फ स्वस्तिश्री फाइनलमा पुगेको हो ।
यू–१६ मा स्वस्तिश्रीले निःसर्ग शाटिकालाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । फाइनलमा स्वस्तिश्रीको भेट पाठशालासँग हुनेछ । अर्को सेमिफाइनलमा पाठशालाले पारामाउन्टलाई १–० ले हराएको थियो ।

यू–१४ मा स्वस्तिश्री ‘ए’ ले एक्सेल्सियरलाई १–० गोलले हराएर रिब्ससँग उपाधि भिडन्त पक्का गरेको थियो । रिब्सले ग्यालेक्सीमाथि ३–१ को जित निकाल्न सफल भएको थियो ।

यू–१२ मा ब्रम्हकुञ्ज र नाम्स फाइनलमा भिड्ने छन् । ब्रम्हकुञ्जले ब्राइट फ्युचरलाई ४–१ र नाम्सले रिब्सलाई २–१ गोलले पन्छाएका थिए । फाइनल शुक्रबार हुनेछ ।




