Thursday 11 June 2026 / बिहीबार, २८ जेष्ठ २०८३

काठमाडौँ, नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठलाई लिएर नयाँ फिल्म ‘केटी हराएको सूचना’ निर्माणको घोषणा गरिएको छ । सोमबार स्क्रिप्ट पूजा गर्दै यो फिल्म निर्माणको घोषणा भएको हो । नाजिर र सृष्टिले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।

ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्मलाई दीपेन्द्र गौचनले लेखन तथा निर्देशन गर्दैछन् । यसअघि गौचनले सिरियल ‘उजेली’ निर्देशन गरेका थिए ।

नकिम उद्दिमको लगानी रहेको यो फिल्ममा अम्बर महर्जनको छायांकन रहनेछ । फिल्मको छायांकन बिहिबारदेखि काठमाडौं र जनकपुरमा गरिनेछ ।

नायक नाजिर हुसेनको ‘अगस्त्य’ हलमा रिलिज भइरहेको छ । यस्तै, सृष्टिले फिल्म ‘११ः५५’को छायांकन केही साता अगाडि सकाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय