Thursday 16 July 2026 / बिहीबार, ३२ असार २०८३

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उहाँले नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै पक्षलाई आह्वान गर्नुभयो ।

“मिटरव्याजी पीडित, लघुवित्त पीडित, दूग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारले ठोस् कार्यक्रम ल्याउनुपर्छ”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “प्रतिपक्षी दलले उठाएका प्रश्नको ठोस् जवाफ सरकारले दिनुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय