Saturday 4 February 2023 / आईतवार, २२ माघ २०७९

प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो हप्तामा संचालन हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा हुनेछ । यसअघि पुस ११ गतेदेखि हुने भनिएको प्रतियोगिता अन्तिम समयमा सारिएको थियो । महिला र पुरुषको प्रतियोगिता एकैसाथ हुने भएकाले क्यानले पुरुषको प्रतियोगिता तीन साताका लागि सारेको जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्को प्रायोजन र क्यानको आयोजनामा हुने प्रतियोगितामा तीन विभागीयसहित १० टिमको सहभागिता रहनेछ । यसअघिका दुई संस्करणमा प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पाउँदै आएकोमा यो पटक विजेता र उप–विजेताले प्राप्त गर्ने रकम क्यानले खुलाएको छैन । प्रतियोगिताको मिति पनि केही दिनमा सार्वजनिक हुने क्यानले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय