Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडाैं, प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण केसीले प्रेमिल शब्दहरु लेखेका छन् । उनकै संगीत रहेको गीतलाई गायक योगेशले नै संगीत संयोजन गरेका हुन् ।

सुनिल बि.क. को निर्देशनमा तयार भिडियोमा प्रकाश र सनिशाको ‘अनस्क्रिन जोडी’ सुहाएको देखिन्छ । चर्चित गायक प्रकाश र पछिल्लो समय रुचाइएकी मोडल सनिशाले पहिलोपटक एकसाथ काम गरेका हुन् ।एकसाथ जिन्दगी काट्ने सपना देखेर घरबाट भागेका जोडीको कथालाई भिडियोमा देखाइएको छ ।
मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापा र उनको टिमको छायांकन, प्रविन भट्टको सम्पादन छ ।

‘आफ्नो मन’का लागि कोपिला खत्रीको प्रस्तुतिमा अनिल केसीले गीत ल्याएका हुन् । ‘आफ्नो मन’ युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय