Friday 10 July 2026 / शुक्रबार, २६ असार २०८३

काठमाडौं, एक दशकअघि महेश थुलुङले गाएको चर्चित गीत ‘आकाशैमा चिल हो कि बेसारा’को फिमेल भर्सन सार्वजनिक भएको छ। गायिका बबिना किराँतीको स्वरमा यस गीतको फिमेल भर्सन सार्वजनिक गरिएको हो।

भुवन थुलुङको शब्द तथा संगीत रहेको पूर्वेली गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन्। किङ स्टुडियो र स्टुडियो २१ मा रेकर्ड भएको गीतको मिक्सिङ र मास्टररिङ राजु कार्कीले गरेका छन्।पूर्वका रमणीय ठाउँहरूमा छायांकन गरिएको भिडियोको निर्देशन राजेशपुमा राईले गरेका हुन्। गायिका किराँती, सम्राट अधिकारी, अनिश मगर, सृष्टि सुब्बा, रश्मी आलेमगरलगायतका कलाकारलाई भिडियोमा फिचरिङ गरिएको छ।

इसाक जबेगुले खिचेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन्। यसअघि किराँतीको चरी भए, ओई भन्यो मायाले, चाइनाको रेल, बेचिदिन्थेँ यो जवानीलगायतका गीत सार्वजनिक भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय