Saturday 13 April 2024 / आईतवार, २ बैशाख २०८१

सिन्धुली, अज्ञात समूहले सिन्धुलीको सुनकोसी गाउँपालिका( १ दुम्जाडाँडाको बीपी पार्कमा टेलिकम टावरलाई लक्षित गरी शुक्रबार बिहान कुकर बम विस्फोट गराएका छन् ।

विस्फोटबाट बीपी पार्क भित्र रहेको टेलिकम टावरको भवनमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । विस्फोटको आवाज आएको जानकारी प्राप्त हुनासाथ कुशेश्वर दुम्जा चौकीबाट प्रहरीहरू पुगेका थिए ।

सिन्धुली प्रहरीका प्रवक्ता एवं डिएसपी चिरञ्जीवी दाहालका अनुसार टेलिकम टावरको भवनको झ्यालमा कुकर बम विस्फोट भएको थियो । कुकरको बिर्को र पेट्रोलको गन्ध आउने दुई वटा बोतल प्रहरीले फेला पारेको छ ।

विस्फोट भएको स्थानमा जनमुक्ति सेना नामको पर्चासमेत भेटिएको र विस्फोटमा संलग्नहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय