Saturday 13 April 2024 / आईतवार, २ बैशाख २०८१

राजविराज (सप्तरी), सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको छ ।

आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडासहित रु ३० लाख बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले राससलाई जानकारी दिनुभयो । आगलागीको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन ।

स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय