Friday 27 January 2023 / शुक्रबार, १३ माघ २०७९

मार्सियाल र ब्रुनो फर्नान्डेसको गोल सहयोगमा पछिल्लो समय लयमा रहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई पराजित गरेको छ ।
लिगमा १०औं जित दर्ता गर्ने क्रममा युनाइटेडले एस्टन भिल्लामाथि २–१ को रोमाञ्चक जित दर्ता गरेको हो । भिल्लाका बर्टान्ड ट्राओरेले गरेको गोल सान्त्वना बन्यो ।
युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा शुक्रबार भएको खेलमा मार्सियालको गोलबाट अग्रता लिएको थियो ।
५८औं मिनेटमा भिल्लाका बर्टान्ड ट्राओरेले ज्याक ग्रेयलिसको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६१औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए ।
डुगलस लुइजले पेनाल्टी बक्समा पल पोग्वामाथि अनावश्यक फल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा युनाइटेडका पेनाल्टी टेकर ब्रुनो चुकेनन् ।
त्युसपछिको समयमा थप गोल निस्कन नसक्दा युनाइटेडले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
यो जितसँगै युनाइटेडले शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ । समान खेलबाट समान ३३ अंक भएपनि युनाइटेड गोल अन्तरमा दोस्रो स्थानमा छ । भिल्ला २६ अंकसहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय