काठमाडौं, ‘मनसरा’ सिनेमाको टिजर रिलिज भएको छ। सार्वजनिक टिजरमा सिनेमाका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा तथा मेनुका प्रधानलाई देखाइएको छ।सार्वजनिक टिजरले नेवार पत्नी ९मेनुका प्रधान०सँग विवाह गरेका ‘बाजे’९प्रविण खतिवडा० र ुलिम्बुनीु९मिरुना मगर० छिमेकीका रहेको जानकारी दिन्छ भने मिरुना एक सन्तानकी आमा भएको जनाउ दिन्छ। टिजरमा झोला बोकेर भौंतारिरहेका दयालाई एउटा महिला हराएकी सूचना टाँसिएको पोस्टरमा टक्क अडिएको अवस्थालाई पनि पेस गरिएको छ। क्लोजअपसटमा उनी लामो समयदेखि कसैको खोजीमा रहेको जस्ता देखिन्छ।
टिजरले ‘बाजे’की नेवार्नी श्रीमतीलाई आफ्ना पति छिमेकी ‘लिम्बुनी’सँग नजिक भएको मननपरेको पनि देखाइएको छ। शहरको छेउमा बस्ने भूईंमान्छेको कथा सिनेमाले पेस गर्ने संकेत टिजरबाट मिल्दछ। टिजरमा कहिकतैं ुमनसराुको नाम उच्चारण गरिएको छैन्।सिनेमाले यी चार प्रमुख पात्रको अन्तरसम्बन्धको कथा पेस गर्ने टिजरबाट बुझ्न सकिन्छ। उपेन्द्र सुब्बा निर्देशित सिनेमाले साधारण कथालाई रोचक बुनाइबाट पेस गर्न लागेको टिजरले देखाउँदछ।यसै वर्षको सुरुवातमा ‘जारी’ बाट ब्लकबस्टर निर्देशन डेब्यू गरेका सुब्बाको यो दोश्रो सिनेमा आशा गर्न लायक सिनेमा हो। टिजरबाट उनले सामान्य मान्छेका सुन्दर कथा पर्दामा पेस गर्दैछन् भनेर बुझ्न कठिन पर्दैन।टिजर दर्शकलाई आकर्षित गर्ने खालको छ। यसबाट वैशाख २१ गते एउटा राम्रो सिनेमाको अपेक्षा गर्न सकिन्छ। केही समयपछि रिलिज हुने ट्रेलरबाट यस सिनेमाले थप कौतुहलता निर्माण गर्ने आशा गर्न सकिन्छ।
सिनेमामा दया, मिरुना, प्रविण तथा मेनुकाका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ। निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन्।यस्तै, विष्णु कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह(निर्माता हुन्। सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ।त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन्। एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ।
सबैको अनुमान विपरीतको व्यापार गर्नुका साथै समीक्षकिय रुपमा ‘जारी’ सिनेमाबाट तारिफ बटुलेका सुब्बाको यो सिनेमा रिलिजमिति घोषणा भएसँगै दर्शकका लागि प्रतिक्षित हुने सहज अनुमान गर्न सकिन्छ।‘जारी’ले नेपाली वक्सअफिसमा १७ करोड बढिको व्यापार गरेको थियो। पछिल्लो समय सिनेमाको पर्दामा सर्वाधिक रुचाइएको जोडीमा दया(मिरुना पर्छन्।


