Saturday 11 July 2026 / आईतवार, २८ असार २०८३

काठमाडौँ, राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले नयाँ वर्षको आगमनसँगै हामी सबैमा सकारात्मक चिन्तन पद्धतिको विकास होस् र समृद्धिको बाटोतर्फ लम्किन सफलता मिलोस् भन्ने कामना गनुएभएको छ ।

नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले २०७७ साल समग्रमा हाम्रा लागि त्यति सुखद् हुन नसकेको विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को सामना गर्नुपरे पनि आगामी वर्ष सुखद् रहने विश्वास व्यक्त गर्नुभएको छ ।

नयाँ सालले नेपालीबीच आपसी सद्भाव, समझदारी र सहयोगी भावना फैलाउन, राजनीतिक इमान्दारिता र नैतिकतासहितको सक्षम नेतृत्व विकास गर्न प्रेरणा दिने उपाध्यक्षको विश्वास छ । उहाँले लोकतन्त्र, स्वाधीनता एवं राष्ट्रिय एकतालाई मजबुद बनाउँदै अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस्, भन्ने कामनासमेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय