Monday 30 January 2023 / मंगलवार, १७ माघ २०७९

इंग्लिस प्रिमियर लिगमा एभर्टनलाई घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडले १–० ले स्तब्ध बनाएको छ । वेस्ट ह्यामका थोमस सौसेकले खेल सकिन ४ मिनेट बाँकी रहँदा गरेको गोल खेलको निर्णायक बन्यो ।

यो हारले एभर्टनले तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । एभर्टन १६ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा रहेको छ । समान २९ अंक रहेपनि लेस्टर सिटी गोलअन्तरमा अघि रहेको छ । वेस्ट ह्याम २६ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ ।

गुडिसन पार्कमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले वेस्ट ह्यामलाई दवावमा राखेपनि ह्यामको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । खेलको २९औं मिनेटमा कोउफलको क्रसमा हालेरको प्रहारलाई कोलेमनले उत्कृष्ट बचाउ गरेका थिए ।

लगत्तै बेनरहमाको पासमा आरोन क्रेसवेलको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा वेस्ट ह्यामले अग्रता लिन सकेन । ४५औं मिनेटमा सिगुर्डसनको क्रस पासमा बर्नाडको प्रहार बाहिरियो ।

खेलको ८६औं मिनेटमा सौसेकले गोल गर्दै वेस्ट ह्यामलाई १–० को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा वेस्ट ह्यामले अर्को अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय