Sunday 28 April 2024 / आईतवार, १६ बैशाख २०८१

काठमाडौं, नेपाल सरकारको नवौं तहमा कार्यरत ३४ वर्षीया सर्जन डा। प्रतिभा धौभडेल मृत भेटिएकी छिन् । प्रहरी वृत कालिमाटीका अनुसार डा। धौभडेललाई उनकै श्रीमान डा। कविराज भण्डारीले बिहीबार बिहान मृत फेला पारेका हुन् ।

श्रीमानले तत्कालै अस्पताल लगे पनि उनको मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरीरहेको जनाएको छ । डा। धौभडेल धादिङ अस्पतालमा कार्यरत थिइन् । अस्पतालबाट घरायसी बिदामा उनी काठमाडौं आएकी थिइन् । काठमाडौंको छाउनीस्थित घरमा उनी मृत भेटिएकी हुन् ।उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर अध्ययन गरेकी हुन् । उनले चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस अध्ययन गरेकी थिइन् । पढ्नमा अब्बल उनले रातो बंगलाबाट ‘ए’ लेभलमा नेपालमै उत्कृष्ट अंक ल्याएकी थिइन् । भारतमा प्रतिष्ठित डा। पारसमणि स्वर्ण पदक पनि उनले प्राप्त गर्न सफल भएकी थिइन् ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय