Wednesday 14 October 2026 / बिहीबार, २९ आश्विन २०८३

काठमाडौं, अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर उहाँ अभिनित फिल्म ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक गरिएको छ ।आउँदो वर्ष २०८१ को जेठ १० गतेबाट रिलिज हुने फिल्मको पोस्टरमा फिल्मका प्रमुख पात्र रहेका अनमोल सोलो फिचर्ड हुनुहुन्छ ।लभ स्टोरी जनरामा बनेको यो फिल्म ओमप्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गर्नुभएको हो । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा हुनुहुन्छ ।

फिल्मका निर्देशक सुयोग गुरुङ हुनुहुन्छ । फिल्ममा अनमोलसँगै जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायतका कलाकारको पनि अभिनय छ ।सुयोग गुरुङकै कथा तथा पटकथा रहेको फिल्ममा रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, किरण थापाको कोरियोग्राफी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय