
काठमाडौँ — काेराेना भाइरसले सन् २०२० लाई मानव जगतलाई नै चुनाैतिपुर्ण बनायाे । अरू क्षेत्र जस्तै खेलकुद पनि यसबाट अछुताे रहन सकेन । ठुला खेल महाेत्सवलाई पुर्ण रुपमा प्रभाव पारेकाे काेभिडले धेरै खेर रद्द गरायाे भने केहिलाई तालिकामा हेरफेर गरायाे ।
विश्व खेलकुदकाे सवैभन्दा ठुलाे महाेत्सव अाेलम्पिककाे अायाेजना यसै वर्ष हुनुुुुुुपर्ने थियाे । जापानकाे टाेकियाेमा हुन लागेकाे अाेलम्पिक निर्धारित समयमा हुन सकेन । २०२१मा हुने भनिएतापनि अझै टुङ्गाे लाग्ने अवस्था बनेकाे छैन ।
टोकियो ओलम्पिक आयोजक कमिटीका अध्यक्ष योसिरो मोरी महाेत्सव निर्धारित समयमै सक्न प्रयत्नरत रहेपनि त्यसाे हुन सकेन । ओलम्पिकको १ सय २४ वर्षको इतिहासमा ओलम्पिक पछाडि सरेको यो नै पहिलो अवस्था हो । यसअघि दुई विश्वयुद्धका बेला भने ओलम्पिक हुन नै सकेका थिएनन् ।
त्यस्तै काेराेनाले यूराे २०२० लाई समेत प्रभाव पार्याे । फलस्वरुप प्रतियाेगिता नै एक वर्ष पछाडि धकेलियाे । महामारीकै कारण विश्वकप छनोट पनि नराम्रोसँग प्रभावित रह्यो ।
यसै वर्ष विश्व टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता हुन सकेन । गल्फ,क्रिकेट लगायतका खेल केही रद्द भए केहि तालिका परिवर्तन भए । अस्ट्रेलियामा हुने भनिएको ट्वान्टी ट्वान्टी विश्वकप पनि हुन सकेन । यस्ता प्रतियोगिता हुन नसकेपछि सम्बन्धित खेलले ठूलै आर्थिक समस्या पनि सामना गर्नु परेको छ ।
विश्व खेलकुदमा याे वर्ष प्रतियागिता न्यून रहे । कतिपय खेल बिना दर्शक खेलाएयाे । बाध्य भएर दर्शकविनै खेलकुदका गतिविधि सञ्चालन गर्नुपरेकाे अवस्था रह्याे ।
केही समय राेकिएर पुन सुरु भएकाे इङ्लिस प्रिमियर लिगमा भने लिभरपुलले ३० वर्षपछि अाफ्नाे नाम लेखायाे ।उता युरोपेली च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिकले जित्दा स्पेनकाे ला लिगामा रियल म्याड्ररिडले ३४ अाँ पटक अाफ्ननाे पाेल्टामा पार्याे । त्यस्तै महामारिकै कारणले क्रिकेटकाे ठुलाे प्रितियाेगिता इन्डियन प्रिमियर लिग अाईपियलकाे सबै खेल देश बाहिर खेलाउनुु परेकाे थियाे । कुल ६० खेल खेलिएकाे प्रतियाेगिता विना दर्शक र सुनसान रङ्गशालामा सिमित रह्याे । मुम्बाई ईन्डियन्सले जितेकाे प्रतिगाेगितामा राहुल टेवाटियाले राजस्थान रोयल्सका लागि एकै ओभरमा पाँच छक्का प्रहार गर्नु, शिखर धवनले दिल्ली क्यापिटल्सका लागि लगातार दुई शतक बनाउनु जस्ता राेमाञ्चक अवस्था रह्याे ।
वर्ष २०२० ले विश्व खेलकुदका दुई ठूला हस्ति डिएगो म्याराडोना र बास्केटबलका कोबी ब्रायन्टलाई गुमाउन पर्या ।