कपन निवासी सन्तु लामा गुरुङले डिलिजेन्ट र पपुलर विधाको अवार्ड सहित मिसेस् डिभा नेपाल २०२४ को ताज पहिरिन सफल भएकी छिन् । प्रतियोगितामा मोस्ट एक्टिभ विधाको अवार्ड सहित विद्या के.सी. खड्काले फस्ट रनर अप तथा पवित्रा श्रेष्ठले फोटोजेनिक, ट्यालेन्ट र पब्लिक च्वाइस भिडियो अवार्ड सहित सेकेन्ड रनर अप बन्न सफल भइन् । हिमालय मुभिज् प्रोडक्सन हाउसको ब्यानरमा आयोजना भएको तेस्रो संस्करणको मिसेस् डिभा नेपालको फाइनल प्रतिस्पर्धा ललितपुर बालकुमारीस्थित म्युजिक सिटी हलमा संचालन भएको हो ।

हिमानी सुब्बाको कोरियोग्राफी अन्तर्गत सम्पन्न यो प्रतियोगितामा विष्णु सर्तुङ्गे मोस्ट स्र्माट, उर्मिला थापा वेष्ट पर्सनालिटी, राजकुमारी राउत वेष्ट डिसिप्लीन र उर्वशी श्रेष्ठ वेष्ट कम्प्लेक्सन विधाको विजेताका रुपमा चयन गरिएका थिए । कार्यक्रममा कृतिका बुढाथोकी मोस्ट कन्फिडेन्ट र रोजी ब्लोन मोस्ट चार्मिङ विधाको विजेताका रुपमा छनौट भएका थिए । विवाहित महिलाहरुको समग्र व्यक्तित्व विकास र सबलीकरणमा योगदान पु¥याउने हेतुले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले उल्लेख गरेको छ ।

