Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

काठमाडौं, अभिनेत्री केकी अधिकारीले निर्माण गरेको सिनेमा ‘बोक्सीको घरको’ट्रेलर रिलिज भएको छ। निर्माण पक्षले राजधानीमा एक कार्यक्रम गर्दै आइतबार ट्रेलर रिलिज गरेको हो। सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा रहेकी छन्।सार्वजनिक ट्रेलरले बोक्सीको अन्धविश्वास मान्ने समाज र त्यसलाई चुनौती दिने पात्रको सेरोफेरोमा सिनेमाले कथा पेस गर्ने देखाएको छ। बोक्सीको अन्धविश्वासलाई चिर्ने पात्रका रुपमा स्वेच्छा राउतलाई सिनेमाको ट्रेलरमा देख्न सकिन्छ भने अभिनेत्री केकीलाई मानसिक रुपमा विक्षिप्त पात्रका रुपमा प्रस्तुत गरिइको छ भने बाल कलाकारको माध्यमबाट बोक्सीको विषयलाई उठान गरिएको ट्रेलरमा देख्न सकिन्छ।

यस्तै सिनेमा हेरिरहँदा केकीको चरित्रले दर्शकहरुलाई थ्रिलको अनुभव दिने अनुमान गर्न सकिन्छ। गम्भिर विषयलाई ुडार्कु शैलीमा सिनेमाले प्रस्तुत गरेको छनक दिने ट्रेलरले एक तप्काका दर्शकलाई रिझाउन सक्ने प्रबल सम्भावना देखिन्छ। सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमा वैशाख १४ गते रिलिज हुँदैछ। सिनेमाम उनका अलावा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ।
लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमालाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। टिफल्क फिल्मस्ले यो सिनेमालाई वितरण गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय