काठमाडौं, पाँच करोडको ओपनिङ लिने अनुमान गरिएको ुडिग्री माइलाुले बक्सअफिसमा आक्रामक व्यापार गरेको छ। सिनेमाले दुई दिनमा ३ करोड ६ लाख कमाइ गरेको छ। यस्तै तेश्रो दिनेमा समेत सिनेमाले सोच अनुसारको व्यापार गरेको जानकारी वितरक गोविन्द शाहीले दिएका छन्। उनले तेश्रो दिन आइतबारको व्यापारिक रिपोर्ट र दर्शकको प्रतिक्रियाले सिनेमाले वक्सअफिसा राम्रो व्यापार गर्नेमा आफूहरु ढुक्क भएको बताए।
‘अन्तिम हिसाब दिउँसो आउँछ तर प्रारम्भिक रिपोर्ट अनुसार सिनेमाको तेश्रो दिनको कमाइ ८०९८५ लाख छु शाहीले भने। सिनेमाले रिलिजको पहिलो दिन ९८ लाख र दोश्रो दिन शनिबार २ करोड ८ लाख कमाइ गरेको थियो। तीन दिनमा सिनेमाको कुल कमाइ ३ करोड ९१ लाख रुपैयाँ पुगेको छ।सिनेमा मजाले जान्छ दर्शकले सिनेमा मनपराइरहनु भएको छ। ५ गते चैते दशैंमा सिनेमाले अझ राम्रो व्यापार गर्छ। हलहलमा गएर बुझेको दर्शक प्रतिक्रियाले सिनेमाले कमाइ राम्रो गर्ने देखाएको छु , उनले भने। फिल्मको कथावस्तु र कलाकारहरुको अभिनयलाई दर्शकले विशेष रुचाएका छन् ।
रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङ लगायतको अभिनय छ । सिनेमाले आफ्नो डिग्रीको अहमताले भरिएको माइला पात्र र ऊप्रति समाजको अपेक्षाको सेरोफेरोको कथा पेस गर्छ। फिल्मको निर्मातामा विशाल गुरुङ, मणिराम पोखरेल, सुष्मा गुरुङ र मधु मिजार छन् भने कार्यकारी निर्माता भने क्रिश लामा हुन् । शिवराम श्रेष्ठ र राइली एस शिनले फिल्मको छायांकन गरेका हुन् ।


