Friday 28 August 2026 / शनिबार, १३ भाद्र २०८३

त्रिदेशीय कप टी-२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो।

नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा आसिफ शेखले नटआउट ५४ रन जोडे। उनले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

कुशल भुर्तेलले ४६ बलमा ६२ रन जोडे। उनले समान ५-५ चौका र छक्का हिर्काए। ज्ञानेन्द्र मल्लले नटआउट १३ रन जोडे।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकझ नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो।

उसका लागि बासडी लीडेले सर्वाधिक ४१ रन बनाए। यस्तै स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १०, कप्तान पीटार सीलारले नटआउट २२ र एनोनियस स्टालले अविजित २० रन बनाए।

बलिङमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए। उनले चार ओभरमा २२ रन दिएर दुई विकेट हात पारे। त्यस्तै, साहब आलम र सोमपाल कामीले एक/एक विकेट लिए।

खराब सुरूआत गरेको नेदरल्यान्ड्ले तेस्रो ओभरमा नै टोलीको मात्र १२ रन हुँदा २ विकेट गुमाएको थियो।

ncell in
टिमको दोस्रो तथा आफ्नो स्पेलको पहिलो ओभर लिएर आएका सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका थिए।

उनले दोस्रो ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई एलबीडब्लुको धरापमा पारे।

त्यस्तै नेदरल्यान्ड्सले दोस्रो विकेटको रुपमा बेन कोपरलाई शुन्य रनमा गुमायो। आफ्नो स्पेलको दोस्रो ओभर लिएर आएका सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा कोपरलाई एलबीडब्लु धरापमा पारेका थिए।

१४ औं ओभरको पाँचौ बलमा लामो सट खेल्ने चक्करमा इड्वार्ड नेदरल्यान्ड्सको तेस्रो विकेट गुम्यो। ३० रनमा खेलिरहेका इड्वार्ड साहब आलमको बलमा आरिफ सेखको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका हुन्।

बास डे लिडेले स्कट इड्वार्डसँगै मिलेर नेदरल्यान्ड्सको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। उनले इड्वार्डसँग ६१ रनको साझेदारी गरे।

चौथो विकेटको रुपमा नेदरल्यान्ड्सले सर्वाधिक रन बनाएका बास डे लिडेलाई गुमायो। उनी १७ औं ओभरको अन्तिम बलमा ४१ रनमा पेभिलियन फर्किए। उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। सन्दीपको स्पेलको चौथो ओभरको अन्तिम बलमा कुसल भुर्तेलले क्याच गर्दै बासलाई मैदान बाहिर पठाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय