Sunday 12 July 2026 / आईतवार, २८ असार २०८३

मुम्बइ, बैशाख । अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिज अघि नै बजारमा धुम मच्चाउन थालेको छ । सो फिल्मको फ्रेन्चाइजी मूल्य यति बलियो छ कि यो फिल्मका लागि मानिसहरु ठूलो रकम तिर्न तयार भएका छन् । फिल्मको उत्तर भारतको थिएटर राइट्सको मामलामा पनि यस्तै भएको छ । हालै एए फिल्म्सका अनिल थडानीले कीर्तिमानी मूल्य तिरेर उत्तर भारतमा ‘पुष्पा २’ रिलिज गर्ने अधिकार किनेका छन् । 

अनिलले ‘पुष्पा– २’ बाहेक देवरा, कल्की २८९८ एडी र गेम चेन्जरको उत्तर भारतको थिएटर अधिकार पनि खरिद गरेका छन्। अनिल थडानी अभिनेत्री रविना टण्डनका पति हुन्। उनलाई देशकै सबैभन्दा ठूलो फिल्म वितरकको रूपमा गनिन्छन् । पिंकभिल्लाको रिपोर्ट अनुसार अनिल थडानीले उत्तर भारतमा ‘पुष्पा २’ रिलिज गर्ने अधिकार २०० करोडमा किनेका हुन, त्यो अग्रिम आधारमा। वास्तवमा, अहिलेसम्म कुनै पनि फिल्मको अधिकार यति महँगो मूल्यमा बिक्री भएको छैन। हालसम्म १४० देखि १६० करोड रुपैयाँ धेरै ठूलो मूल्य मानिन्थ्यो तर  ‘पुष्पा २’ ले त्यो अंकलाई ठूलो अन्तरले पछाडि छोडेको छ । देशैभरको फिल्म उद्योगले यो सम्झौताको चर्चा गरिरहेको छ ।

 सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ ले देशैभर तरल मचाएको थियो । अल्लु अर्जुन रातारात भारतका सुपरस्टार बनेका थिए । फिल्मका गीत देखि लिएर अल्लु अर्जुनको स्टाइल, संवाद, डान्स स्टेप र उनको शैलीलाई मानिसहरूले धेरै सम्झिएका थिए । त्यसयता चलचित्रको दोस्रो भागको प्रतिक्षा बढीरहेको छ ।फ्रेन्चाइजको दोस्रो किस्ता निकै ठूलो स्तरमा बनाएको निर्माताहरुले बताएका छन् । यो कुरा जनताले मन पराउनेमा उनी विश्वस्त छन् । ‘पुष्पा २’ मा निर्माताले आफ्नो संस्कृतिको जरासम्म पुग्ने प्रयास गरेका छन् । त्यसैले फिल्मको प्रारम्भिक लुक्स र टिजरले मानिसमा निकै कौतुहलता पैदा गरेको छ । कतिपयले भने ‘पुष्पा २’ पनि ‘कान्तारा’को बाटोमा गएको बताएका छन् ।

हालै अल्लु अर्जुनको जन्मदिनमा फिल्मको पहिलो टिजर रिलिज भएको छ । यो फिल्मको एक एक्सन सिक्वेन्सको स्निपेट थियो। जसलाई मिश्रित प्रतिक्रिया मिलेको छ । समयमै फिल्मको काम पूरा नहुने खबर आएको थियो । त्यसैले ‘पुष्पा २’ को रिलिज स्थगित हुन सक्छ । तर टिजर रिलिजसँगै ‘पुष्पा २’ निर्धारित मितिमा रिलिज हुने पनि पुष्टि भएको छ । त्यो मिति अगस्त १५, २०२४ हो। ‘पुष्पा २’ मा अल्लु अर्जुनसँग रश्मिका मन्डन्ना, फहद फासिल, जगपति बाबु, प्रकाश राज, सुनील र अनसूया भारद्वाज जस्ता कलाकारहरु देखिदैछन् । यो चलचित्रलाई सुकुमारले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय