Tuesday 26 May 2026 / मंगलवार, १२ जेष्ठ २०८३

काठमाडौँ, गायक तथा संगीतकार टंक बुढाथोकीले अशोक दर्जीलाई लिएर फिल्म बनाउने भएका छन् । उनको क्यारियरको टर्निङ पोवाइन्ट मानिएको गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ गीतमाथि नै फिल्म बनाउने घोषणा गरिएको छ । ६ वर्ष अगाडि रिलिज भएको यो गीत निकै चर्चित बनेको थियो । फिल्मलाई टंक आफैंले निर्देशन गर्दै छन् । यस गीतमा टंकसँगै आवाज दिएका अशोक दर्जीले फिल्ममा अभिनय गर्ने भएका छन् ।

यस फिल्मको निर्माण टंकसहित एनआरएन विनय अधिकारी गर्ने बताइएको छ । फिल्मको स्क्रिप्ट शिवम अधिकारीले लेखेका छन् भने फिल्मको छायांकन जेठपछि शुरु हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय